नवराज घिमिरे
ध्यान अन्तै
अचम्म नमान्नुहोला ! नेपालका नदीनालाहरूबाट ८३ हजार मेगावाट विद्युत् उत्पादन हुनसक्ने सम्भाव्यता भएजस्तै हावाको बहावबाट पनि वर्षैभर ि३० हजार मेगावाटको हाराहारीमा विद्युत् उत्पादन गर्न सकिन्छ । तर, यस्तो सम्भावना अहिलेसम्म अनुमानमै सीमित छ । नेपालले वायुशक्तिको उपयोग गरेर विश्वमै आपmनो अलग स्थान बनाउन सक्ने सम्भावनालाई कतै बेवास्ता त गरएिको होइन ? गहिरएिर हेर्ने हो भने यस्तो आशंका स्वाभाविक लाग्छ ।
झन्डै ५० वर्षअगाडि हावाबाट बिजुली निकाल्ने कुरा कल्पनामा सीमित थियो । नेपालमा २० वर्षअगाडि वायुशक्ति उपयोग गरी विद्युत् उत्पादन थालिएको थियो । २०४६ मा डेनमार्क सरकारको सहयोगमा मुस्ताङको कागबेनीमा १० किलोवाटका दुईवटा टर्बाइनहरू जडान गरी विद्युत् निकाल्ने काम सुरु भएको थियो । सुरुवातमै १० किलोवाटको टर्बाइनबाट विद्युत् निकाल्न थालेको नेपालले त्यस्ता थप आयोजनामा हात हाल्न त सकेन नै, कागबेनीका ती टर्बाइनबाट निरन्तर रूपमा विद्युत् निकाल्नसमेत असफल भयो । दातृ राष्ट्रले बनाइदिएको एक वर्ष पनि नपुग्दै भग्नावशेषमा परविर्तन भयो, मुस्ताङ आयोजना । त्यसपछिका दिनमा कुनै पनि ठाउँमा १० किलोवाटका वायु ऊर्जा टर्बाइन राखिएको छैन ।
पानीमा आधारति विद्युत्का कारण उत्पन्न हुने ‘लोडसेडिङ्’को चाप बढ्ने समय अर्थात् पुसदेखि जेठ महिनाको अवधिमा वायु ऊर्जाबाट अत्यधिक मात्रामा विद्युत् उत्पादन हुनसक्छ । यतिबेला हावा तातेर बढी बेगमा बहने भएकाले विद्युत्को उत्पादन पनि बढी मात्रामा गर्न सकिने वायु ऊर्जा उत्पादनमा लागिरहेका विप्लव श्रेष्ठ बताउँछन् ।
वायुको मुख्य स्रोत सूर्य हो । जतिबेलासम्म सूर्य रहन्छ, त्यतिबेलासम्म वायु प्रवाह हुन्छ । सूर्यबाट आउने प्रकाश सतहमा एकैनासले वितरण हँुदैन र त्यही असमान वितरणका कारण बढी चाप भएको -उच्च चाप पेटी) क्षेत्रबाट कम चाप भएको -न्यून चाप पेटी) क्षेत्रतर्फ वायु बहन्छ । जमिन, पानी, वनस्पति आदिले विभिन्न मात्रामा सौर्य ऊर्जा लिन्छन् र फर्काउँछन् । जसले गर्दा हावा बहन थाल्छ । यसरी बहेको वायुले पंखाको माध्यमबाट टर्बाइनलाई घुमाउँछ र विद्युत् उत्पादन हुन्छ ।
नेपालमा नियमित र सबैभन्दा धेरै हावा चल्ने मुस्ताङका दुई ठाउँ थिनी र कागबेनीमा क्रमशः पाँच र छ वर्ष वायु प्रवाह परीक्षण गरयिो । जुन परीक्षणबाट त्यहाँ ठूलो मात्रामा विद्युत् निकाल्न सकिने देखिएको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, खुमलटारकी ऊर्जा अधिकृत अरूणा अवा बताउँछिन् । जोमसोङमा १२ मिटर प्रतिसेकेन्डको गतिमा वायु बहन्छ भने कागबेनीमा २५ मिटर प्रतिसेकेन्डसम्मको गतिमा हावा चल्छ । अत्याधुनिक प्रविधिका साथ विद्युत् निकाल्ने हो भने मुस्ताङबाट मात्र १० देखि १५ हजार मेगावाटसम्म विद्युत् निकाल्न सकिने विज्ञहरूको दाबी छ ।
१० किलोवाटसम्मका टर्वाइनहरू चार मिटर प्रतिसेकेन्डको गतियुक्त हावा चल्ने जुनसुकै ठाउँमा जडान गरेर विद्युत् निकाल्न सकिन्छ ।
त्यससँगसँगै ओखलढुंगा, नगरकोट, बुटवल र पाल्पामा पनि वायु तथ्यांक संकलन गरएिको छ । जानकारहरूका अनुसार, रामेछाप, फाखेल-मकवानपुर, नेटा-प्यूठानमा गरएिको अध्ययनले पनि प्रशस्त सम्भावना देखाएका छन् ।
काठमाडौँ उपत्यकाका नागढुंगा, लामाटार, दधिकोट, चोभार, सुन्दरीजलजस्तै उचाइ भएका थुप्रै ठाउँहरूमा विद्युत् उत्पादन गर्न सकिने मिर्लङ् इलेक्ट्रोमेक कन्सर्नको अध्ययनले देखाउँछ । एक वर्षमा निर्माण पूरा गर्न सकिने ती ठाउँबाट २० मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने इन्जिनियर अमृतसिंह थापाको दाबी छ । भन्छन्, “सरकारले चाह्यो भने दुई वर्षभित्रै उपत्यकाको मागको आधा विद्युत् वायुबाटै निकाल्न सकिन्छ ।” उपत्यकामा मात्रै १ सय ५० मेगावाटको हाराहारीमा दैनिक खपत पुगिसकेको अवस्थामा जतिसक्दो छिटो वायु ऊर्जाबाट विद्युत् निकाल्नुपर्ने उनको ठम्याइ छ ।
नगरकोट, कालीमाटी, लाँकुरीभञ्ज्याङ, सुन्दरीजल, खुमलटार, नवलपरासीलगायत ३७ भन्दा बढी स्थानमा वायु विद्युत् यन्त्र -विन्ड टर्बाइन) जडान गरी विद्युत् निकालिएको छ । जसबाट झन्डै २५ किलोवाटको हाराहारीमा उत्पादन भएको पाइन्छ । यसबाट नेपालमा वायु ऊर्जा भरपर्दो पुष्टि भएको विज्ञहरूको दाबी छ ।
विश्वमा हावाबाट १ लाख ५० हजार मेगावाट बिजुली उत्पादन भइरहेको अवस्थामा नेपालमा कति उत्पादन भएको छ ? अरूणा भन्छिन्, “छवटा साना आयोजनाबाट ११ दशमलव ६ किलोवाट उत्पादन भइरहेको छ ।” यसरी नेपालमा वायु ऊर्जाको विकास होला ? भन्छिन्, “हामी सन् २०११ को अन्त्यसम्ममा दुई मेगावाट उत्पादनको लक्ष्यसहित अगाडि बढेका छौँ ।”
लागत उस्तै
विदेशबाट वायु टर्बाइन ल्याउन एक किलोवाटका लागि झन्डै १२ लाख रुपियाँ पर्न सक्छ भने नेपालमै टर्बाइन तयार गर्दा आठ लाख रुपियाँ पनि नपर्ने जानकारहरू बताउँछन् । हाल किलोवाटबाट सुरु गरेर पछि विकसित टर्बाइन र मिलको प्रयोग गरी मेगावाटमै बिजुली निकाल्न सकिने उनीहरूको दाबी छ । आयोजना पूरा गर्न ४५ दिनदेखि एक वर्षसम्म समय लाग्ने अमृतसिंह थापाको दाबी छ ।
इन्जिनियर थापा आफँैले बनाएर काठमाडौँ इन्जिनियर कलेज कालीमाटीमा दुई किलोवाटको र लाँकुरीभञ्ज्याङस्थित कन्ट्री किचेन रसिोर्टमा डेढ किलोवाटको टर्बाइन जडान गरी विद्युत् उत्पादन गररिहेका छन् । भन्छन्, “यसरी लघु आयोजनामा मात्र सीमित भएर वायु ऊर्जामा प्रगति हुँदैन ।” सरकारले व्यापक स्तरमा उत्पादन गर्ने नीति बनाएमा २ सय ५० किलोवाटसम्मका टर्बाइनहरू नेपालमै बनाउन सकिने उनको दाबी छ । भन्छन्, “वायु शक्ति उपयोग गरी विद्युत् उत्पादन गर्ने भारतीय कम्पनी सुजलोन इनर्जी विश्वको पाँचाँै ठूलो कम्पनी बनेको छ । नेपालमा त्यस्तो अवस्था सिर्जना हुन सकेको छैन, जुन हुन जरुरी भइसकेको छ ।”
थापाका अनुसार, पानीबाट विद्युत् निकाल्न लाग्ने खर्चमै हावाबाट पनि निकाल्न सकिन्छ । अहिले पानीबाट विद्युत् निकाल्न प्रतिमेगावाट ३५ करोड खर्च लाग्ने मोटामोटी अनुमान छ । ठाउँ अनुसार खर्च वृद्धि भएजस्तै वायु ऊर्जा उत्पादनमा पनि अनुमानित खर्च ठाउँ हेरेर केही तलमाथि हुने उनको कथन छ ।
छिमेकमा वायु ऊर्जा
नेपालभन्दा झन्डै तीन वर्षपछि वायुको उपयोग थालेको भारतले अहिले वायु ऊर्जा उपयोग गरी ११ हजार मेगावाट विद्युत् उत्पादन गररिहेको छ । यस वर्ष मात्र वल्र्ड विन्ड इनर्जी एसोसिएसन-डब्ल्यूडब्ल्यूईए)ले प्रकाशित गरेको वल्र्ड विन्ड इनर्जी रपिोर्ट २००९ का अनुसार, भारतले हावाबाट मात्र ११ हजार ३ सय ३८ मेगावाट विद्युत् उत्पादन गरेको छ ।
हावाबाट विद्युत् उत्पादन गर्नेमध्ये विश्वकै दोस्रो चीनले यस वर्ष मात्रै १३ हजार ८ सय मेगावाट थप विद्युत् उत्पादन थालेको छ, वायु शक्तिको उपयोगबाट । यसअघि कुल १२ हजार २ सय १० मेगावाट विद्युत् निकालेर विश्वको चौथो स्थानमा रहेको चीन यस वर्षको उत्पादनले दोस्रो स्थानमा आइपुगेको छ । वायु ऊर्जा उत्पादन क्षेत्रमा विश्वभर िसाढे पाँच लाखले रोजगारी पाएका छन् भने सन् २०१२ सम्ममा झन्डै १० लाखले काम पाउने वल्र्ड विन्ड इनर्जी एसोसिएसनको रपिोर्टले बताउँछ ।
नीतिकै अभाव
नेपाल सरकारले भने वायु ऊर्जाप्रति कुनै चासो देखाउन सकेको छैन । सम्बन्धित संस्था नेपाल विद्युत् प्राधिकरण सातैपिच्छे लोडसेडिङ्को तालिका फेर्दैमा व्यस्त छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र अन्तर्गत सौर्य तथा वायु ऊर्जा स्रोत मूल्यांकन आयोजना -स्वयरा)लेे १० सम्भाव्य स्थानबाट मात्रै तीन हजार मेगावाट विद्युत् निकाल्न सकिने सम्भाव्यता अध्ययन गरेको छ । तर, त्यो सम्भावनालाई दोहन गर्नेतर्फ कुनै योजना बनेको छैन । चक्रिय विद्युत् कटौती -लोडसेडिङ्)मा जेलिँदै आएको नेपालको ऊर्जा संकटतिर सरकारीस्तरबाट प्रस्ट रूपमा सम्बोधन पनि हुन सकेको छैन ।
“स्पष्ट नीति नभएकाले गर्दा अन्योल भएको छ,” वैकल्पिक ऊर्जा केन्द्रका इन्जिनियर नारायणप्रसाद अधिकारीले भने, “नीति परमिार्जन गररिहनुपर्ने कारणले आयोजना बनाउन झन्झटिलो छ ।” हरेक तीन वर्षमा विश्वको क्षमता दोब्बर हुँदै गइरहेको ब









![[Google]]( http://energy.keckist.edu.np/wp-content/plugins/easy-adsenser/google-light.gif)